सूचना
संक्षिप्त परिचय
स्वागतम !!!
शिवालय गाउँपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । शिवालय गाउँपालिका भित्र कुनै गुनासा ,सिकायत उजुरी,सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९८४३०५८००५, ९८५१३२३१२१ र ९८४८२०६३७६ मा फोन गर्नुहुन अनुरोध छ ।
शिवालय गाउँपालिका जाजरकोट जिल्लाको पश्चिम भागमा रहेको गाउँपालिका हो। नेपालको संघिय शासन प्रणाली अन्तर्गत राज्य पुनरसंरचनामा स्थानीय तहको नयाँ सिमांकन गर्दा यो गाउँपालिका साविकका ३ वटा गाविसहरु सिमा, थालारैकर र जुंगाथापाचौर गाविसहरु मिलेर स्थापना भएको हो। यो गाउँपालिका जातिगत तथा सांस्कृतिक रुपमा बिशिष्टता र बिविधता बोकेको गाउँपालिका हो।यो गाउँपालिकाम मुख्य रुपमा क्षेत्री र त्यसपछि क्रमश कामी, ठकुरी, दमाई, वाहुन, मगर, सार्की र सन्यासी जातीको बसोबास रहेको छ। स्थानीय जीवनशैली, परम्परागत संस्कृति, प्राकृतिक स्रोत-साधन, पर्यटनको प्रचुर संभावना, जल तथा काठजन्य वन क्षेत्रको पर्याप्तता शिवालय गाउँपालिकाको प्रमुख विशेषता हो। यो गाउँपालिकाको जिल्लाको कुल क्षेत्रफल २२२३.३५ वर्ग किलोमिटर मध्य १३४.२६ अर्थात १२% भु भाग ओगटेको छ। यातायातको हिसावले भर्खर मात्र यो गाउँपालिकामा मौसमी यातायात संचालन हुने गरी वाटो निर्माण कार्य भइरहेको छ।
एउटा मान्यता अनुसार सत्ययुगमा भगवान शिवजी आउने क्रममा एक ठाउँमा एक दिन बास बस्नु भयो। राती सपनामा सबैलाई त्यस ठाउँमा मन्दिर बनाउन भन्नुभयो। शिवजी बसेकै स्थानमा मन्दिर निर्माण भयो र उक्त स्थानको नाम शिवालय रह्यो। शिवालयमा सादु सन्तहरु आउने क्रम बढ्न थाल्यो। आश्रम घर निर्माण भयो। सो स्थानमा विवाह व्रतवन्ध गर्ने, माघी सक्रान्तिमा ५ दिनसम्म जात्रा लगाउने, माघी नुहाउने प्रचलन शुरु भयो। भगवान शिव र सत्यदेवीको तपस्या गरी एकजना बलिभद्र घर्ति नामका व्यक्तिले ५ क्वीन्टलको ढुंगा उठाएको कहावत चर्चा हुने गर्दछ। यसरी राज्यको पुन:संरचना पश्चात यसै शिवालय भन्ने स्थानको ऐतिहासिक र धार्मिक महत्वलाई आत्मसात गरी गाउँपालिकाको नाम समेत शिवालय राखिएको भनाइ छ।
शिवालय गाउँपालिका जाजरकोट जिल्लाको पश्चिम क्षेत्रमा रहेको गाउँपालिका हो। यो गाउँपालिकाको पुर्वमा जाजरकोट जिल्लाको छेडागाड नगरपालिका र दैलेख जिल्लाको भगवतीमाइ गाउँपालिका पर्दछ भने दक्षिण तर्फ सल्यान जिल्ला र सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका पर्दछ। यो गाउँपालिकाको तिन तर्फको सिमानामा फरक फरक ३ जिल्लाहरु रहेका छन। दोमट र रातो माटो प्रशस्त भएको यो गाउँपालिकामा चिसो लेक देखि वेसी सम्म पर्दछ।
राष्ट्रिय जनगणना २०७८ अनुसार शिवालय गाउँपालिकाको वडागत जनसंख्या।
जनप्रतिनिधिहरुको (२०७९-२०८४) सम्पर्क विवरण ।
कर्मचारीहरुको सम्पर्क विवरण २०७९ l
द्रुत लिंकहरु
- अर्थ मन्त्रालय
- लोक सेवा आयोग
- राष्ट्रिय परीक्षा बोर्ड
- नेपाल कानुन आयोग
- शिक्षक सेवा आयोग
- राष्ट्रिय योजना आयोग
- पाठ्यक्रम विकास केन्द्र
- केन्द्रीय पञ्जिकरण विभाग
- स्थानीय तहका वेवसाईटहरु
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
- संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
- स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP)
- अनलाईन घटना दर्ता (Welcome to Online Vital Registration System)
- स्थानीय तह र जिल्ला समन्वय समितिहरुका लागि आन्तरिक संचार प्रणाली